ख्रीष्टियानहरूले आमाको मुख हेर्ने दिन मान्नुहुन्छ कि हुँदैनरू

कतिपय मित्रहरूले केही वर्षअघिदेखि सोधिरहेका प्रश्नहरूमध्ये एउटाचाहिँ ख्रीष्टियानहरूले 'आमाको मुख हेर्ने दिन' मान्नु हुन्छ कि हुँदैन भन्ने हो? यसला कतिले मानेको जस्तो पनि देखिन्छ, अनि कतिले चाहिँ विरोध गरेको पनि देखिन्छ। यसकारण कति जना द्विविधामा रहेको पाइयो। यो लेखमा फ्नो व्यक्तिगत धारणा मात्र राख्दैछु। यसले सबै ख्रीष्टियानहरूको विचारला प्रतिनिधित्व गर्दैन। यो सांस्कृतिक प्रश्न भएको कारण सबैले आआफ्नो तर्क लाउने हुँदा सर्वस्वीकार्य उत्तर दिन सकिँदैन।

 

समस्या

आफूलाई जन्म दिने आमाको गुणगान जति गाए पनि पुग्दैन, जसकारण छुट्टिएर बसेका छोराछोरीले वर्षको एक दिन भेट्नु र कोसेली दिनुजस्ता चलनप्रति सामान्य विवेक मात्र चलाएर हेर्दा ख्रीष्टियानहरूले पनि यसला मान्दा केही फरक नपर्ने देखिन्छ। सतहबाट हेर्दा यो संस्कार निकै राम्रो देखिए पनि यसमा समस्याहरू छन्। पहिलो, हाम्रा छिमेकीहरूले अपनाएको चलनला ख्रीष्टियानहरूले श्वरशास्त्रीय र धर्मशास्त्रीय कसीमा राखेर यसको पृष्ठभूमिला हेर्नुपर्दछ।  हाम्रा छिमेकीहरूसँग त्यस्तो कुनै चलन छैन जसको सम्बन्ध मूर्तिपूजा र देवीदेवतासँग हुँदैन।  दोस्रो समस्या, बाइबलले माबुबाको विषयमा के भन्छ भन्ने विषयमा स्पष्ट हुँदाहुँदै पनि त्यसप्रति चासो राख्नुको साटो छिमेकीहरूले धर्मकर्म गर्ने बेला ख्रीष्टियानहरू कोही नाजायज टीकाटिप्पणीमा लाग्छन् त कोहीचाहिँ सामाजिक सञ्जालमा आमासँग भेटेको हल्ला पिट्छन्। अरूको संस्कारको विषयमा खुलेर प्रशंसा गर्ने ठाउँ देखिएन भने चुपचाप बस्दा पनि राम्रै हुन्छ।

'आमाको मुख हेर्ने दिन' बारे म कुनै टीकाटिप्पणी गर्न गइरहेको छैनँ। केवल यो के हो र कहाँबाट उत्पत्ति भयो भन्ने विषयमा जानकारी दिन गइरहेको छु। सबैभन्दा पहिलो कुरो, यो हिन्दू धर्मशास्त्रीय अवधारणामा धारित एउटा कर्मकाण्ड हो जुन 'वैशाख कृष्ण औँसीका दिन' मनाइन्छ।  यस औँसीका दिनलाई मातातीर्थ औँसी वा मातृऔँसी पनि भनिन्छ। दोस्रो, हिन्दू शास्त्रमा आमालाई उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि बढी पुजनीय ठहराइएको कारण यो चलन शुरू भएको मानिन्छ।  तेस्रो, मातृऔंसीको दिन छोराछोरीले आफू नुहाएर आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिएमा मातृ ऋणबाट मुक्त भइन्छ भनेर विश्वासमा आधारित छ। चौथो, आमा नभएकाहरूले यो तिथिमा श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइन्छयो आमाको श्राद्ध हो। यो दिन थानकोटको मातातीर्थमा मेला लाग्छ।/1/  कुरो स्पष्ट छ कि यो एउटा धार्मिक चाड हो। आमाप्रतिको सम्मानको मामिला भएको कारण मेरो सीमामा रहेर म सम्मान गर्छु।

 

बुबाआमा बारे बाइबलीय दृष्टिकोण

बुबाआमालाई आदर गर्नु १० ज्ञाभित्र रहेका पाँचज्ञा हो। यस्तो लेखिएको छ, ''आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌'' (प्रस्थान २०,१२)। यो ज्ञाला लेवी १९,३ र व्यवस्था ५,१६मा पनि दोहोर्याइएका छन्।  मूल ज्ञाला यसरी घरघरि विभिन्न प्रसङ्गहरूमा दोहोर्याइरहनुको अर्थ यो अति नै महत्त्वपूर्ण छ भन्ने सङ्केत हो। यो ज्ञा मानिसबाट होइन, परमेश्वरबाट एको हो जसकारण माबुबा जीवित हुनेहरूले यो ज्ञालाका सम्झेर जीवनभरि पालना गर्नुपर्दछ।

१० ज्ञा ढुङ्गामा लेखिएको थियो। यो फेरबदल गर्न मिल्दैन। यसला पालन नगर्ने र बुबामाप्रति कलङ्क ल्याउनेको लागि यस्तो व्यवस्था पनि थपियोः जसले आफ्‍नो बुबा वा आमालाई सराप्‍छ, त्‍यो मारिनैपर्छ'' (प्रस्थान २१,१७; लेवी २०,९)।बुबाआमालाई आदर गर्ने सम्बन्धमा हितोपदेशमा नैतिक तवरले गहिरा शिक्षाहरू दिइएका छन्

  • हितोपदेश १,८, ''हे मेरो छोरा, आफ्‍नो बुबाको आदेश सुन्‌ र आफ्‍नी आमाको शिक्षा नत्‍याग्‌।''

  • हितोपदेश ६,२०, ''हे मेरो छोरो, आफ्‍ना पिताका आज्ञाहरू पालन गर्, र आफ्‍नी आमाको अर्तीलाई नत्‍याग्‌।''

  • हितोपदेश १५,२०, ''बुद्धिमानी छोराले बुबालाई हर्षित तुल्‍याउँछ, तर मूर्ख मानिसले आफ्‍नी आमालाई तुच्‍छ ठान्‍छ।''

  • हितोपेदश २३,२२, ''आफ्‍नी आमा वृद्ध हुँदा उनको हेला नगर्‌।''

  • हितोपदेश ३०,१७, ''त्‍यो आँखा जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई घृणा गर्छ, त्‍यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्‍नेछन्, र गिद्धहरूले खानेछन्‌।''

नयाँ करारमा पनि पुराना करारका ती आज्ञाहरू दोहोर्याइएका छन्। एउटा प्रसङ्गमा आफूलाई कट्टर व्यवस्थापालक सम्झेर घमण्ड गर्ने शास्त्री र फरिसीहरूलाई येशूले हप्काएर भन्नुभयो,

''तिमीहरू पनि किन आफ्‍ना परम्‍पराको खातिर परमेश्‍वरका आज्ञा भङ्ग गर्दछौकिनभने परमेश्‍वरले भन्‍नुभएको छ, ‘आफ्‍ना बुबा र आमाको आदर गर, र बुबा वा आमाको विरुद्धमा दुष्‍ट कुरा जसले बोल्‍छ, त्‍योचाहिँ निश्‍चय मारिनुपर्छ'' (मत्ती १५,३४, मर्कूस ७,१०१३)।

बुबाआमालाई आदर गर्ने सम्बन्धमा लेखिएका व्यवस्थाका यी वचनहरू येशूले उद्धृत गर्नुको अर्थ यो अति नै गम्भीर विषय हो। सम्भवतः शास्त्री र फरिसीहरूले बुबाआमालाई आदर गरेका थिएनन्। मत्ती १९,१९; मर्कूस १०,१९ लगायत अरू खण्डहरूमा पनि आमाबुबाको आदर गर्नुपर्ने प्रसङ्गहरू दोहोर्याइएका छन्। पावलले पनि एफिससका मण्डलीहरूलाई सिकाउने बेला यसो भनेका थिए,

''छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो। आफ्‍ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो)कि तिमीहरूलाई भलो होस्, र पृथ्‍वीमा तिमीहरू दीर्घायु होओ'' (एफिसी ६,१३)।

पावलले लगभग यस्तै विवरण कलस्सीका विश्वासीहरूलाई लेखे (कलस्सी ३,२०)। यी दर्जनौं आज्ञाहरूलाई हेर्ने हो भने आमाबुबालाई आदर गर्ने मामिलामा छिमेकी मित्रहरूभन्दा ख्रीष्टियानहरू अझ बढी गम्भीर हुनुपर्ने देखिन्छ।

बुबाआमा हाम्रा जन्मदाता हुन् भने परमेश्वर जीवनदाता हुनुहुन्छ। बुबाआमा जीवनदातापछिका दोस्रा आदरणीय व्यक्तिहरू हुन्। सांसारिक बुबामा परमेश्वरका प्रतिनिधि हुन् किनकि जन्मिएपछि एउटा बच्चाको पालपोष गर्ने जिम्मा परमेश्वरले तिनीहरूला सुम्पिदिनुहुन्छ र तिनीहरूले बच्चाहरूला उहाँको उपहारको रूपमा स्वीकार गर्दछन्।

मेरो पनि बुबामाले बूढेस्काल समाइसक्नुभएको छ। बूढाबूढीको माग धेरै हुँदैन। धारभूत गाँसवासकपास भए पुग्छ। म उहाँहरूबाट जन्मनुमा मेरो कुनै भूमिका छैन, तर परमेश्वरको योजना निश्चय नै थियो किनकि माको गर्भमा रच्नुभन्दा अघि नै उहाँले मेरो नबनिएको शरीरला देख्नुभयो (भजन १३९)। यसलाई रूप दिनको लागि आमा चाहिन्छ। आमाको गर्भमा रच्नुभन्दा अघि नै परमेश्वरले चुन्नुभएका केही प्रसङ्गहरू बाइबलमा पढ्न पाइन्छ, जस्तैः मोशा र यर्मियालाई यो वास्तविकता बुझाइयो। यशैया अगमवक्तामार्फत परमेश्वरले आफूलाई आमाको रूपमा उतार्नुभयो। यस्तो लेखिएको छ, ''तेरा उद्धारक, जसले तँलाई गर्भमा रच्‍नुभयो: म परमप्रभु हुँ, जसले सारा थोकलाई बनाउनुभयो'' (यशैया ४४,२४)। यहाँ परमेश्वरको लैङ्गिक पहिचान पुरुष कि महिला   भनेर छुट्याउन खोजिएको होइन, बरु उहाँको ममतामयी प्रेमलाई आमाको माध्यमबाट बुझाइएको छ।  ईश्वरशास्त्रीय हिसाबले हेर्नुपर्दा, एउटा ख्रीष्टियान विश्वासीले, विश्वास गर्ने पुस्ताको निर्माण गर्ने काममा माको कोखको लागि परमेश्वरला धन्यवाद दिनुपर्दछ। जीवन दिने काममा मा उहाँका सहयोगी हुन्। तिनले निभाएको कर्तव्यको मूल्य तिर्न सकिँदैन र तिनले त्यो मूल्य माग्दिनन् पनि, तर त्यो ममताको मूल्याङ्कन उच्च हुनुपर्दछ। यसो भन्दैमा बुबामाला देवत्वकरण गर्नु पनि हुँदैन किनकि उनीहरू पनि पापको प्रभाव जिउने पुस्ता हुन्।

 

अब के गर्नुपर्ला?

छिमेकीहरूको संस्कारला अपनाउने सम्बन्धमा एउटा मापदण्ड तोक्नुपर्ने देखिन्छ जसको लागि तीन वटा 'व' हरू चलाउनुपर्ने देखिन्छ, ती हुन्, पहिलो व, वचन! वचनले के भन्छ? दोस्रो वचाहिँ, विश्वास हो! ती चलनहरू ख्रीष्टियान विश्वाससँग मेल खान्छ कि खाँदैन, सो हेर्नुपर्दछ। तेस्रो व, विवेक! बाइबलले गर वा नगर स्पष्ट नभनेको अवस्थामा विवेकले साथ दिन्छ कि दिँदैन, सो बुझ्नुपर्दछ। वचन, विश्वास र विवेकविपरीत कुनै पनि कार्यसँग हाम्रो सम्झौता हुँदैन, विशेष गरी मूर्तिपूजा, अर्कै ईश्वर, अर्कै धर्मशास्त्र र अर्कै ईश्वरशास्त्रीय चलनसँग सरोकार राख्ने र मुक्तिलाई चुनौती दिने कुनै पनि क्रियाकलापबाट अलग रहनुपर्दछ। विवेकको कुरो गर्नुपर्दा, यो वचन र विश्वासबाट परिचालित भएको हुनुपर्दछ।

ख्रीष्टियान विश्वासमा अन्त कतैबाट सापटी लिनुपर्ने अपुग धार्मिक चालचलनहरू केही पनि छैनन्, तर ख्रीष्टियानहरूले नै यसला एउटा सुक्खा धर्मको रूपमा चिन्ने र चिनाउँछन् भने उनीहरूले विश्वासको जग फेरि बसाल्नुपर्ने हुनसक्छ।  

बुबाआमालाई आदर गर्नु बाइबलीय ज्ञा हो। ख्रीष्टियानहरूले यसला वर्षमा एक पटक उने चाड र संस्कारभन्दा माथि नै राख्नुपर्छ, तर यसला चाडकै हिसाबले सन्दर्भकरण गर्ने नै हो भने पनि यो बिर्सनु हुँदैन कि परमेश्वरबाट एको ज्ञा जहिले पनि मानवले सृजेका चाड र संस्कारहरू भन्दा माथि नै हुँदछ। आमाबुबालाई आदर गर्ने संस्कार छिमेकीहरूबाट सापटी लिएको अर्थ लाग्ने गरी ख्रीष्टियानहरूले विश्वासलाई अभ्यास नगरून् किनकि बाइबलमा दर्जनभन्दा बढी खण्डहरूमा बुबाआमालाई आदर गर्ने आज्ञा दिइएका छन् जसलाई बेवास्ता गर्न मिल्दैन।

अहिले व्यक्तिवाद हावी हुँदै जानु र परिवारिक मान्यताप्रति कम ध्यान परेर बूढाबूढीहरू अलपत्र भइसकेको अवस्थामा बुबामाला दर गर्ने ज्ञा पालन गर्नु मकाको कुरा हो जसबाट परमेश्वरको दर हुनेछ। ख्रीष्टियानहरूले 'आमाको मुख हेर्ने दिन' पालन गर्ने कि नगर्ने भन्ने कुरो तपाईंको निर्णयमा छोड्दछु।

 


/1/ सेतोपाटी, आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा ठूलो मेला, https://www.setopati.com/social/150297 वैशाख ३, २०७७।

Share

Your encouragement is valuable to us

Your stories help make websites like this possible.