प्रार्थना गर्ने बेला खोला र सर्प देख्यो भने के हुन्छ?

प्रश्न

कोहीकोहीले प्रार्थना गर्ने बेला 'खोला सर्प देख्यो' भन्छन्। यसलाई कसरी बुझ्ने? - इमान तामाङ, धादिङ

 

बाइबलीय वकालत

प्रार्थना गर्ने बेला किन यस्ता दृश्यहरू देखिन्छन् भन्ने प्रश्नको सीधा जवाफ बाइबलमा दिइएको छैन, तर प्रार्थना गर्ने बेला नै यस्ता दृश्यहरू दिमागमा घुम्नुमा कारणहरू अवस्य छन्। पहिलो, प्रार्थनामा ध्यान केन्द्रित गर्न नसकेको अवस्था हो। ध्यान केन्द्रित गर्ने प्रयास गर्नुस्। दोस्रो, आत्मामा कमजोर भएको चिन्ह पनि हो किनभने जब हामी आत्मामा कमजोर हुन्छौँ, तब दुष्टले नियन्त्रण गर्ने ठाउँ भनेका हाम्रो शरीर हो, विशेष गरी दिमाग र हृदयमा बढी आक्रमण गर्छ। छुटकारा चाहिन्छ। यसको लागि हृदयमा परमेश्वरलाई स्थान दिनुस्। तेस्रो, शैतानले प्रार्थनामा ध्यानमग्न हुन दिँदैन। प्रार्थनाको लागि आँखा चिम्लनेबित्तिकै दिमागमा विभिन्न दृश्यहरू नचाएर हाम्रो ध्यान भाँड्न सक्छ वा हुँदै नभएको थोकलाई भएकोजस्तो पार्नसक्छ – यसलाई दृष्टिभ्रम भनिन्छ। यस्तो बेला दाबी गर्नुपर्ने वचन खण्डहरू धेरै छन्, तर सजिलोको लागि रोमी ८,३१देखि तलका पदहरू पढेर आफू ख्रीष्ट येशूमा विजेता भएको दाबी गर्नुहोस्।

प्रार्थना गर्ने बेला – माथि भनिएको भन्दा ठीक उल्टो – सकारात्मक सम्झेका दृश्यहरू कसैले देख्लान् रे, जस्तैः कतिले चाहिँ 'मैले येशूलाई देखेँ भन्लान्, स्वर्गमा पुगेको महसुस गर्लान्!' यस्तो अवस्थालाई कसरी बुझ्ने? सायद त्यस्ता दृश्यहरूले तपाईंलाई बाधा दिएको छैन र खुसी नै हुनुहुन्छ भने पनि एउटा कुरामा हामी स्पष्ट हुनुपर्दछ कि भौतिक मानिसले परमेश्वरलाई देखेको दाबी गर्नु भनेको उहाँलाई भौतिक रूपमा उतारेर हेर्ने प्रयास गर्नु हो। यसलाई मूर्तिपूजा नै त नभनौँ, तर यो बाइबलीय होइन। वचनलाई याद गरौँ, ''परमेश्वरलाई कसैले देखेको छैन'' (यूहन्ना १,१८)।  यसकारण प्रार्थना गर्ने बेला परमेश्वरको तस्बिरलाई हाम्रो दिमागमा उतार्नुपर्दैन किनकि उहाँको रूप कस्तो छ भन्ने कुरो हामीलाई दिइएको छैन। प्रार्थना गर्ने बेला एकदम साधारण विश्वास भए पुग्छ। यो पनि ख्याल गरौँ, हाम्रो दिमागमा आउने सबै थोकको अर्थ नहुन पनि सक्छ। धन्यवाद!

 

Share

Your encouragement is valuable to us

Your stories help make websites like this possible.