कन्याबाट जन्मनेमा येशू नै पहिलो र अन्तिम व्यक्ति

भालेविना बच्चा जन्माउन सक्ने केही पोथी जीव तथा किटाणुहरू भेटिएका छन्, तर स्तनधारी प्राणी जगतमा अहिलेसम्म भालेविना बच्चा जन्मिएको घटना कहीँ पनि घटेको छैन। स्तनधारीको अर्थ दूध भएका पोथी र दूध खुवाएर हुर्काउनुपर्ने भनेर बुझ्नुपर्दछ।  मानिस पनि स्तनधारी प्राणी भएको कारण पोथी अर्थात् स्त्रीले मात्र बच्चा जन्माउनु असम्भव छ।  संसारमा जति पनि मानिसहरू छन्, ती सबै पुरुष र स्त्रीको संसर्गबाट मात्र जन्मिएका हुन्। सन्तान जन्माउनको लागि योबाहेक अर्को तरिका दिइएको छैन, यसकारण कन्याले बच्चा जन्माउने कुरो मानिसको समझभन्दा बाहिरको कुरो हो। चलिरहेको प्रणालीभन्दा उल्टो हो। हाम्रो मगजले भन्छ, ''यो हुनसक्दैन'', तर जुन कुरो हाम्रो मगजले 'हुनसक्दैन' भन्छ, त्यो हुन्छ भने त्यसको श्रेय परमेश्वरला नै दिनुपर्ने हुन्छ, र येशूको जन्ममा त्यही नै भएको छ। 

कन्याले बच्चा जन्माउनु असम्भव छ भन्ने तथ्य, अचेलका मानिस मात्र होइनन्, जन्म दिने मरियम स्वयमला पनि थाहा थियो। स्वर्गदूतले तिनीबाट 'परमप्रधानका पुत्र' अर्थात् येशू जन्मनुहुने खबर दिएपछि तिनको समझले भ्याउन नसकेर तिनले यस्तो प्रतिक्रिया दिइन्,

यो कसरी हुन सक्‍छ, किनकि म एक कन्‍या हुँ” (लूका १:३४)? तिनला स्वर्गदूतले यसरी सम्झाए, पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ'' (लूका १:३५)। यस्तो पनि हुन्छ र? भनेर मरियमले प्रश्न सोधेपछि स्वर्गदूतले जवाफ दिए, ''परमेश्‍वरको निम्‍ति कुनै कुरा असम्‍भव छैन(लूका १:३७)।

परमेश्वरको शब्दकोशमा असम्भव भन्ने शब्द नै छैन। सामान्य बालक जन्माउनको लागि लोग्नेस्वास्नीको सम्बन्ध पर्याप्त थियो, तर 'परमधामका पुत्र' जन्माउनको लागि उहाँले मानिसला असम्भव लाग्ने प्रक्रियाला चलाउनुभयो।

मरियम र स्वर्गदूतबीच भएको कुराकानी योसेफले के बुझोस् त? उनले पनि बुझेको यति हो कि कन्याले बच्चा जन्माउँदैन। त्यसै बेला छानिएकाहरूले नै शङ्का गरिसकेका र तिनीहरूलाई उत्तर दिइसक्नुभएको कारण युगौँपछि पनि कन्याबाट बच्चा जन्मने विषयमा कसैले प्रश्न उठाउनुलाई श्वरशास्त्रीय र धर्मशास्त्रीय खोजको क्षेत्रमा अन्यथा मान्नु हुँदैन, बरु उसले फूला मरियम र योसेफको ठाउँमा राखेर सोधिरहेको सम्झनुपर्दछ। शङ्का गर्ने यस्तो स्वतन्त्रता अरू धर्ममा छैन।

येशूको जन्म सृष्टिमा परमेश्वरले राखिदिनुभएको नियमको विपरीत थियो र यो विपरीत नै हुनु पर्दथ्यो किनकि दममा पतन भएका मानिसला पुनस्थापना गर्नको लागि चलिरहेको नियमले काम गर्दैनथ्यो।  त्यसको लागि एउटा फरक नियम चाहिँदथ्यो, त्यो फरक नियम पहिले नै तयार पारिएको थियो, जस बारे उत्पत्ति ३,१५मा यस्तो लेखिएको छ,

''तेरो र स्‍त्रीको बीचमा

र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा

म दुश्‍मनी हालिदिनेछु।

त्‍यसले तेरो शिर कुच्‍च्‍याउनेछ,

र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।

यो प्रतिज्ञाला तपां कसरी बुझ्नुहुन्छ? यहाँ तपांले पक्रनुपर्ने वाक्यांश 'स्त्रीको सन्तान' हो। स्त्रीको पनि सन्तान हुन्छ र? कहीँ कतैको अपवादबाहेक स्त्रीको नामबाट सन्तान/वंश कायम हुँदैन। सन्तान पुरुषबाटै कायम हुन्छ, तर उत्पत्ति ३,१५मा उल्लिखित प्रतिज्ञाले पुरुषको भूमिका खोज्दैन।  शैतानको शिर कुच्याउन सक्ने सन्तान पुरुष र महिलाको संसर्गबाट जन्मन असम्भव छ। यसको लागि स्त्री एकलैले बच्चा जन्माउनुपर्दथ्यो। यसको अर्थ सन्तान जन्माउँदा विज्ञानको नियम उल्टनु वश्यक थियो, जसको लागि पवित्र त्माले भूमिका खेल्नुपर्दथ्यो र मरियमबाट येशूको जन्ममा त्यही नै भयो। यसकारण हामी ढुक्कसँग भन्न सक्दछँ कि उहाँको जन्ममा मानिसको कुनै भूमिका छैन। 

लोग्ने स्वास्नीको समगमबाट बच्चा जन्मने निय परमेश्वरले राख्नुभएको होयो फै पनि अचम्मको नियम हो। यो नियम बसाल्न सक्ने परमेश्वरले के कन्याबाट बालक जन्माउन सक्नुहुन्न र? कन्याबाट जन्मनुको अर्थ पापको बिउ येशूमा सर्न पाएन किनकि सारा मानव जातिलाई उद्धार गर्नको लागि एक सिद्ध व्यक्ति चाहिँदथ्यो, त्यो व्यक्ति येशू स्वयम् बन्नुभयो।

एक छिन हाम्रो ध्यान मत्ती १,११८सम्म लगाएर हेरँ।  यो येशूको वंशावलीको सूची हो। यहाँ फलानाको पिता फलाना भनेर ४२ पुस्तासम्म टिपोट गरिएको छ, तर योसेफको सन्दर्भमा उनला पिता दर्जा दिइएको छैन। यस्तो लेखिएको छ, ''याकूब तिनै योसेफका पिता थिए, जसकी पत्‍नी मरियम थिइन्‌। यिनै मरियमबाट येशूको जन्‍म भयो, जो ख्रीष्‍ट कहलाइन्‍छन्‌'' (मत्ती १,१६)। यसको अर्थ मरियम, जो पुरुष होइन, स्त्री हुन्, तिनैबाट येशू जन्मनुभयो। देख्नुभयो? उत्पत्ति ३,१५मा उल्लेख गरिएको स्त्रीको सन्तान मरियम ठहरिइन् र तिनैबाट येशूको जन्म भयो।

यो कुनै दन्त्यकथा होइन भन्ने कुरो स्वीकार गर्नको लागि सुसमाचारका पुस्तकहरूलाई अझै पढ्नुपर्ने हुन्छ। लूकाले येशूको जन्मको विषयमा राम्ररी अध्ययनअनुसन्धान गरेका थिए। उनी यसरी शुरू गर्छन्, '''माननीय थियोफिलस, मैले आरम्‍भदेखि नै सावधानीसाथ सबै कुराको खोजी गरेको छु, र तपाईंको निम्‍ति क्रमैअनुसारको एउटा विवरण लेख्‍न मलाई असल लाग्‍योताकि तपाईंलाई बताइएका विषयहरूको सत्‍यता तपाईंलाई थाहा होस्‌' (लूका १:४)। लूकाले यो सुसमाचार लेख्ने बेला येशूको जन्म कसरी भयो भन्ने विषयमा पक्का गर्नको लागि उनले पक्कै पनि मरियमसँग भेटेरै सोधपुछ गरेको हुनुपर्दछ। 

कन्याबाट येशूको जन्म प्रमुख घटना हो जुन हाम्रो मानवीय तर्क र विज्ञानभन्दा धेरै फरक छ। यो निश्चय नै मानिसहरूले नपत्याउने घटना हो, यसको आधारमा ख्रीष्टियान विश्वासलाई गिल्ला पनि गर्छन्, तर मानवको तर्कनाविद्यासँग सीमा छ भन्ने कुरो यसले बताउँछ र मानिसको मुक्तिको लागि विज्ञानसङ्गत कुरोले केही हुनेवाला थिएनविज्ञानभन्दा बाहिरको कुरो आउनुपर्दथ्यो। मानिसले आफ्नो मुक्तिदाता फै जन्माउन सक्दैन किनभने उसको बिउ खराब छ। मुक्तिदाता त चाहिन्छ नै, तर कसरी र कहाँबाट भन्ने प्रश्नको उत्तर कन्याबाटको जन्ममा पाइन्छ।

 

कन्याबाट किन जन्म लिनुपर्दथ्यो?

मानिस शरीरमा छन्, तर परमेश्वर त्मामा हुनुहुन्छ। शरीर र त्माबीच कहिल्यै पनि सम्बन्ध गाँस्न सकिँदैन र सम्बन्ध गाँस्नु परेको खण्डमा कि मानिस त्मामा उत्रनुपर्दथ्यो कि त परमेश्वर शरीरमा उत्रनुपर्दथ्यो। मानिस त्मामा उत्रनु असम्भव थियो, तर परमेश्वर योग्यको हुनुभएको कारण उहाँ मानिसकै देहमा उनुभयो, यसकारण यूहन्ना १,१४ले भन्दछ, ''वचन देहमा परिणत हुनुभयो,'' अर्थात् परमेश्वर मानव बन्नुभयो। देहमा आउनुभएको परमेश्वरलाई हामी येशू नामबाट चिन्दछौँ। यो देह भौतिक, हाम्रोजस्तो भए पनि पापरहित थियो किनकि उहाँ पवित्र आत्माबाट गर्भधारण हुनुभएको थियो।  येशू अचानक देहमा उनुभएको होइन, यस विषयमा धेरै पहिलेदेखि नै धेरै अगमवक्ताहरूबाट खबर दिएर सम्झाइरहनुभयो। यसको लागि यशैया ७,१४ पढ्नुस् जहाँ कन्याबाट एउटा बालक जन्मने अवधारणा दिइएको छ। शरीरमा भएका मानिसहरूलाई आत्मामा हुनुभएको परमेश्वरकहाँ डोर्याउनको लागि एउटा पृथक कार्य साँच्नुभएको थियो, जुन कन्याद्वारा येशूको जन्ममा पूरा भयो। यसकारण हिब्रू २,१४मा लेखिएको छ, ''छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्‍यही स्‍वभाव लिनुभयो, ताकि मृत्‍युद्वारा नै मृत्‍युको शक्ति भएकोलाई, अर्थात्‌ दियाबलसलाई उहाँले नष्‍ट गरून्'' कन्या मरियमबाट देहमा आउनुको अर्थ उहाँ सारा पापी मानिसको लागि क्रूसमा टाँगिन मिल्ने शरीर लिएर आउनुभयो, किनकि बलिदानको लागि शरीर चाहिँदथ्यो। त्यो बलिदानको लागि पुरुष र महिलाको संसर्गबाट जन्मिएको मानिसको शरीरले काम चल्दैनथ्यो। यसरी मानिस र परमेश्वरबीच सम्बन्ध कायम राखदिनको लागि येशू पूर्ण मानिस र पूर्ण परमेश्वर बन्नुभयो (१तिमोथी २,५)।

 

मण्डली इतिहासमा कन्याबाट जन्म

मण्डली इतिहासलाई हेर्ने हो भने, दोस्रो शताब्दीदेखि नै कन्याबाट येशू जन्मनुभएको तथ्यलाई रोमको मण्डलीले दाबी गर्दै एको देखिन्छ, जसमा प्राचीन मण्डलीका धर्मगुरुहरू टर्टुलियन र इरेनियसका नाम लिनुपर्ने हुन्छ। तिनीहरूले येशू कन्याबाट जन्मनुभएको तथ्यलाई निकै जोड दिए। यहाँसम्म कि रोमको मण्डलीले दोस्रो शताब्दीभन्दा अघिदेखि नै बप्तिस्मा लिने बेला विश्वासीहरूलाई कन्याबाट जन्मनुभएको तथ्यलाई खुलेआम घोषणा गर्न लगाउँदथ्यो।[1]/1/ इ.सं. ३२५मा नाइसिया भनिने ठाउँमा बसेको परिषदले पहिलो पल्ट एउटा घोषणा पत्र जारी गर्यो, जसअनुसार येशू कन्याबाट जन्मनुभएको तथ्यलाई मण्डलीहरूले खुलेघोषणा गर्नुपर्ने नियम नै बसालियो किनकि झूटा शिक्षकहरूले ख्रीष्टको श्वरत्वमाथि हमला गरेका थिए। यसलाई नेपाली ख्रीष्टिय भजनका पुस्तकहरूको पछाडिका पृष्ठमा 'विश्वासको सार' भनिएको छ। त्यहाँ यस्तो लेखिएको छ,

म विश्वास गर्छु,

स्वर्ग र पृथ्वीका सृष्टिकर्ता सर्वशक्तिमान् पिता परमेश्वरमाथि

अनि उहाँका एक मात्र पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि

जो पवित्र आत्माद्वारा गर्भमा हुनुभयो, कन्या मरयिमबाट

जन्म लिनुभयो।

 

निष्कर्ष

येशू कन्याबाट जन्मनुभएको सही होइन भने, सिँगो बाइबल सही होइन यो मरियमले रचेको कथा हो भन्न सक्नुपर्छ किनकि तिनलाई थाहा थियो कोसँग तिनको सम्बन्ध भएको थियो। के मरियमले यस्तो काहनी रच्न सक्थिन् त? निश्चय नै सक्दिनथिन् किनकि तिनको जमानामा कन्याले बच्चा जन्माउनु भनेको दण्डनीय अपराध थियो जसवापत ढुङ्गाले हानेर मारिनुपर्दथ्यो।

कन्याबाट जन्मिएका दाबी गर्ने अवतारी भनेर चिनिने देवताहरू त्यस बेला पनि थुप्रै थिए, तीमध्ये कुनै पनि अस्तित्वमा छैनन्, तर यहाँसम्म येशूको जन्मले स्थान पाउनु नै अचम्मको कुरो हो। मानिसको भूमिका भएको भए, उहाँको जन्म यति धेरै चर्चा गर्नुपर्ने विषय नै हुने थिएन। तसर्थ, कन्याबाट येशूभन्दा अघि न कोही जन्मिए न त कोही फेरि जन्मनेछन्। कन्याबाट जन्मनेमा उहाँ नै पहिलो र अन्तिम व्यक्ति हुनुहुन्छ।

 

[1] J. Gresham Machen, Virgin Birth of Christ (London: James Clarke, 1959), 3.

Share

Your encouragement is valuable to us

Your stories help make websites like this possible.