असिद्ध गोठालाहरूद्वारा सिद्ध गोठालोको साक्षी

 

गोठालाहरूले आपसमा भने, 'आओहामी बेथलेहेमसम्मा

जाऔंर त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई

बताउनुभएको कुरा गएर हेरौं।'

हामीले प्राय गोठालाहरूलाई निर्दोष, निश्छल, सोझा भनेर व्याख्या गर्दै आएका छौँ, तर अध्ययनले देखाउँदछ कि तिनीहरू निर्दयी हुँदथे। तिनीहरूले निर्दोष पशुहरूलाई पछाडिबाट लात हानेर सताउँदथे।/1/  धार्मिक हिसाबले कुरो गर्नुपर्दा, गोठालाहरूलाई अशुद्ध सम्झन्थे कारण तिनीहरू शुद्धीकरणको नियम पालन गर्न नसक्ने पेसा अपनाउने मानिसहरूको रूपमा चिनिन्थे। तिनीहरूलाई व्यवस्थाको ज्ञान दिइँदैनथ्यो। तिनीहरू अज्ञानी वर्गमा पर्दथे।/2/  यो तल्लो तहको पेशा थियो।/3/  यसकारण गोठालाहरूलाई मन्दिरको आराधनामा भाग लिन दिइँदैनथ्यो। यहाँसम्म कि तिनीहरूलाई अदालतमा साक्षी दिनको लागि समेत अयोग्य सम्झन्थे।

गोठालाहरूले देखाउन सक्ने गैरजिम्मेवारी व्यवहारलाई येशू आफैले दिनुभएको भाडाको गोठालोको दृष्टान्तबाट पनि स्पष्ट हुन्छ (यूहन्ना १०)। नेपालमा पनि गोठालो आदरणीय पेसा मानिँदैन। विश्वका अन्य मुलुकहरूमा पनि यसलाई एउटा रहरलाग्दो पेसाको रूपमा लिएको पाइएन।

               यहाँसम्म हामीले गोठालोको नकारात्मक चित्र हेर्यौं। लूका २,१५मा उल्लिखित गोठालाहरूको कुरा गर्नुहुन्छ भने सायद यरूशलेमको मन्दिरमा बलिदान चढाउन बाँकी रहेका थुमाहरूको हेरचाह गर्दै थिए।/4/  यिनीहरू पनि खास विशेषता भएका गोठालाहरू थिएनन्, तर अचम्मको कुरो यो हो कि येशूको जन्म बारे खबर पाउने र त्यस खबरलाई प्रचार गर्ने पहिलो प्रचारकहरूमा यिनीहरू नै पर्दछन्। तिनीहरूसँग प्रचार गर्ने वरदान थिएन, न त दक्षता नै थियो। तालिम पनि पाएका थिएनन्। तिनीहरूसँग दुइटा अनुभव मात्र थिएः क) परमेश्वरबाट आएको ज्योतिसँगै स्वर्गदूतसँग जम्काभेट ख) स्वर्गदूतले दिएको सन्देशमा विश्वास। यही अनुभवलाई प्रयोग गरेर तिनीहरू येशूलाई भेट्न गए र भेटेपछि उहाँको प्रचार गरे।

               के यो हाम्रो कथा होइन तके यो तपाईंकै कथा होइनआफूलाई कस्तो खालको गोठालो पाउनुहुन्छयेशूलाई दर्शन गरेपछि गोठालाहरूले अगमवक्ताले गर्ने सेवा सम्हालेअर्थात् येशूको जन्म बारे सन्देस दिने सन्देशवाहक बने! यी असिद्ध, फोहरी, धार्मिक हिसाबले अयोग्य, बेइमानी गोठालाहरू सिद्ध गोठालोको साक्षी भए (१पत्रुस ५:१४)। येशूको जन्मले ल्याउने क्रान्तिकारी परिवर्तन योभन्दा बढी के हुनसक्छ?


End Notes

/1/ Jane Eschweiler, Endless Connections: Taking God's Word to Heart (Kansas City, MO: Sheed & Ward, 1997), 145.

/2/ J. Dwight Pentecost, The Words and Works of Jesus Christ: A Study of the Life of Christ (Grand Rapids, Michigan: Zondervan Publishing House, 1981), 61.

/3/ Donald Geyer, Heart Condition (np: Xulon Press, 2007), 47.

/4/ Daniel Lioy, ed., International Lesson Commentary NIV: September 2007 - August 2008 (Ontario: David C Cook, 2008), 130.

Share

Your encouragement is valuable to us

Your stories help make websites like this possible.