के ख्रीष्टियानहरूले RIP लेख्न मिल्छ?

कुनै मित्रले संसार छोडेको खबर सुन्ने बित्तिकै हामीलाई दुःख लाग्छ र सामाजिक सञ्जालमा हामीले हम्मेसी लेख्ने गरेका छौँ, "आत्माले शान्ति पाओस्', स्वर्गमा वास मिलोस्!'' कतिले चाहिँ अङ्ग्रेजीमा Rest In Peace (RIP) लेख्दछन्। यो एक किसिमको कामनासहितको प्रार्थना हो, जुन सहानुभूति जनाउनको लागि व्यक्त गरिन्छ, तर के यो बाइबलीय हो?

स्वर्गमा को जान्छ र को जाँदैन भन्ने कुरो हाम्रो श्वरशास्त्रले स्पष्ट पार्छ। येशूलाई विश्वास गर्ने व्यक्ति निश्चय नै स्वर्ग जान्छ उसलाई कसैले 'स्वर्गमा वास होस्' भनिरहनुपर्दैन। अनि येशूलाई विश्वास नगर्ने व्यक्ति कहाँ जान्छ भन्ने कुरो पनि थाहा छउसलाई कसैले 'स्वर्गमा वास होस्' भनेर कामना गर्नुको अर्थ रहँदैन। यसकारण मृतकहरूको परिवारलाई सान्त्वना दिनको लागि व्यक्त गरिने सन्देसका शब्दहरू र औचित्यमाथि ख्रीष्टियानहरूले विचार गर्नुपर्ने देखिन्छ।

मृतकको आत्मा भड्किने कुरोमा ख्रीष्टियानहरू विश्वास गर्दैनन्। यसकारण आत्माले शान्ति पाऊन् भनिरहनुपर्दैन। मृतकलाई स्वर्ग लानुहोस् भनेर प्रार्थना गर्नु पनि पर्दैन किनकि कसको आत्मा कहाँ जान्छ भन्ने कुरो एउटा ख्रीष्टियान जान्दछ। येशूमाथि विश्वास नगर्नेला हामीले स्वर्ग लानुहोस् भन्दैमा स्वर्ग पुगिने पनि होइन र विश्वास गरेको रहेछ भने स्वर्ग लानुहोस् भनिरहनुपर्ने कुरो पनि होइन।

 

बाइबलीय अवधारणा

विश्वास गर्ने जनहरू शारीरिक मृत्युद्वारा विश्राममा प्रवेश गर्ने कुरो बाइबलीय नै हो।  दानिएलको मृत्युको विषयमा स्वर्गदूतले यसो भनेका थिए, 'तिमीले विश्राम गर्नेछौ' (दानिएल १२,१३)। यशैया ५७,२मा पनि यस्तै विवरण पढ्न पाइन्छ, ''धर्मको बाटोमा हिँड्‌नेहरू शान्‍तिमा प्रवेश गर्छन्‌। तिनीहरू मृत्‍युमा सुतिरहँदा विश्राम पाउँछन्‌।''

येशूलाई विश्वास गर्नेको लागि शारीरिक मृत्यु क्षणिक सुताइ हो (१थेस ४,१३)। २को ५,८मा लेखिएको छ, 'शरीरदेखि टाढा हुनु भनेको प्रभुसँग हुनु हो।' बाइबलका यी खण्डहरूला धार बनाएर प्रभुमाथि विश्वास गर्नेहरूले संसार छोड्दा ''आत्माले शान्ति पाओस् वा स्वर्गमा वास होस् वा Rest In Peace'' भनिरहनुपर्ने कारण देखिँदैन।

 

इतिहास

प्राचीन ख्रीष्टियानहरूले 'ऊ शान्तिमा सुत्छ' भन्ने वाक्यांश चिहानका सुरुङभित्र खोपेको भेटिन्छ। यसले येशूसँग एक भएको अर्थ दिँदथ्यो। सङ्गति र प्रार्थनामा क्याथोलिक, लुथरन, एङ्लीकन र मेथोडिस्टजस्ता ख्रीष्टियान समुदायहरूले अठारौँ शताब्दीदेखि चिहानको शिलालेखहरूमा RIP शब्द लेख्ने गरेको पाइन्छ। ल्याटिन requiescat in pace (रिकिइस्क्याट इन पाचे) बाट अङ्ग्रेजीमा Rest in Peace भएको हो, यसैको सङ्क्षिप्त रूप RIP हो। अठाह्रौँ शताब्दीमा आइपुग्दा यो सबैतिर लेख्न थालियो।

प्रोटेस्टेन्ट मण्डलीहरूले RIP लेख्नको लागि चेतना जगाउने काम पनि भएको देखिन्छ। तिनीहरूको भनाइ छ कि योचाहिँ मृतकहरूको लागि गरिने प्रार्थना हो, बाइबलको सिद्धान्तसँग मेल खाँदैन। यसलाई कतिले चाहिँ यो प्रार्थना होइन भनेर तर्क पनि गरेका छन्।

 

निष्कर्ष

एउटा विश्वासीले विश्वास गर्ने वा नगर्ने फन्तको आत्मा स्वर्ग पुगोस् भनेर प्रार्थना गर्नुपर्दैन। शान्तिले वास गरोस् भन्नु पर्दैन। स्वर्ग वास होस् पनि भन्नुपर्दैन। Rest In Peace भनिरहनुपर्ने वश्यकता पनि देखिँदैन। बरु एउटा विश्वासीको शारीरिक मृत्युप्रति सामाजिक सञ्जालमा सन्देस लेख्नै पर्यो भने मैलेचाहिँ यसो भन्ने गरेको छु, 'म शोकित परिवारको लागि प्रार्थना गर्छु', हामी एक दिन फेरि भेट्नेछौँ, सांसारिक दौड पूरा गर्नुभयो, दुःख लाग्यो, दुःखित छु' आदि मैले गरेको जस्तो गर्नैपर्छ भन्ने छैन यसो भनिए पनि नजाँचीकन त्यतिकै स्वीकारिसकेको यो चलन बारे झकझकाउने मेरो यो एउटा प्रयास मात्र हो। यसला पछ्याउने कि नपछ्याउने तपांको निर्णयमा भर पर्छ, तर मचाहिँ कसैको लागि RIP, Rest In Peace लेख्दिनँ।

Share

Your encouragement is valuable to us

Your stories help make websites like this possible.